वीरगन्जमा पहिलोपटक भव्य रुपमा निकालियो ‘जगन्नाथ रथ यात्रा’
वीरगन्ज,१२ फाल्गुनः वीरगन्जमा पहिलो पटक जगन्नाथ रथ यात्रा निकालिएको छ । ईस्कोन वीरगन्ज नामक संस्थाको आयोजनामा वीरगन्जमा पहिलो पटक शनिबार जगन्नाथ रथयात्रा निकालिएको हो ।
शनिबार बिहान घण्टाघर चोकबाट सुभारम्भ गरि निकालिएको जग्गनाथ रथ यात्रा माईस्थान, महाविरस्थान, अलखियामठ, पुजन होटल चोक, कैलाश होटल चोक,ठाकुरराम क्याम्पस,स्वीमीङ पुल हुदैं आदर्शनगर स्थित पूरानो बसपार्कमा पुगेर समापन भएको थियो ।
यस अघि घण्टाघर चोकमा रथयात्राको सुभारम्भ वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले गरेका थिए । त्यसअवसरमा हन्दिूवादी संघसंगठनका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतकोपनि सहभागीता थियो ।
वीरगन्जमा धार्मिक–सामाजिक सदभावलाई कायम राखी त्यसलाई अझ सुमधुर बनाउने उदेश्यले वीरगन्जमा पहिलोपटक जगन्नाथ रथयात्रा निकालिएको ईस्कोन वीरगन्जका अध्यक्ष रुपसनातन दासले जानकारी दिए ।
रथयात्राले परिक्रमा गर्ने स्थानका चोकचोकमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरीकासाथै सशस्त्र प्रहरीपनि परिचालन गरिएको थियो ।
रथयात्रामा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उद्योगी व्यवसायी, चिकित्सक, स्थनीय अगुवाहरु, भद्रभलादमी, समाजसेवी, सर्वसाधरण लगायत हजारौँको सङख्यामा भक्तजनहरुको सहभागीता रहेको दासले जानकारी दिए ।