वीरगन्जमा राष्ट्रिय धोती दिवस मनाइयो

34

वीरगन्ज( नयाँ अंगेजी वर्षको दिन बुधबार वीरगन्जमा राष्ट्रिय धोती दिवस मनाइएको छ । डा। सिके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ताले वीरगन्जमा राष्ट्रिय धोती दिवस मनाएका हुन् ।

धोती,कुर्ता र गम्छाको पहिरन लगाएर बिहान घण्टाघर चोकमा भेला भएका जनमत पार्टीका कार्यकर्ताले त्यहाँबाट र्‍याली निकालेर वीरगन्ज सहरको नगर परिक्रमा गरेका थिए । घण्टाघर चोकबाट सुरु भएको र्‍याली माइस्थान, आदर्शनगर, घडिअर्वाहुँदै पुन घण्टाघर चोकमै पुगेर समापन भएको थियो ।

घण्टाघर चोकमा आयोजित कोणसभामा बोल्दै जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले धोती मधेसीको पहिचान भएकाले यसलाई राष्ट्रिय पोशाकको रुपमा मान्यता दिलाउन दिवसका रुपमा मनाउन थालिएको बताए।

उनले अन्य जात र समुदायको पोशाक र पहिरनप्रति आफूहरूको सम्मान रहेको भन्दै धोती कुर्तालाई पनि राष्ट्रिय पोशाकका रुपमा राज्यले मान्यता दिनुपर्ने बताए । कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्यहरू सिपु तिवारी,पर्सा इन्चार्ज माधव सिंह,नेतृहरू रम्भा मिश्रा,नजमा खातुन,नेताहरु बृजेश्वर प्रसाद चौधरी,श्याम गुप्ता,राजनारायण मिश्रा लगायतकाकोपनि सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.