वीरगन्जमा ३२ जना प्लस टु विद्यार्थीलाई छात्रवृत्ति सिफारिसपत्र वितरण

86

 

वीरगन्ज, १६ साउन

वीरगन्जमा सञ्चालित प्लस टु कलेजहरूमा अध्ययनरत ३२ जना विद्यार्थीलाई प्याब्सन वीरगन्ज महानगर समितिले छात्रवृत्तिका लागि सिफारिस पत्र प्रदान गरेको छ।

शुक्रबार वीरगन्जस्थित होटल दियालोमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूलाई सिफारिस पत्र प्रदान गरेका हुन्।

प्याब्सन वीरगन्ज महानगर समितिले लिएको छात्रवृत्ति परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूमध्ये आयुष सर्राफलाई ल्यापटप, सागर साहलाई आई-ट्याब तथा सञ्जोग महतो, निराजन प्रसाद र रोशन गुप्तालाई कलेज पोशाक प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै मेयर सिंहले प्याब्सनले विद्यार्थीहरूको हितमा थालेको यो पहल सराहनीय रहेको बताए। उनले यस्ता योजनाले अभिभावकको आर्थिक बोझ कम गर्नुका साथै मेधावी विद्यार्थीलाई हौसला प्रदान गर्ने काम गर्ने धारणा राखे। उनले वीरगन्जमै गुणस्तरीय शिक्षाको प्रवर्धन गरेर विद्यार्थीहरूलाई राजधानी वा अन्यत्र जानुपर्ने प्रवृत्तिलाई क्रमशः अन्त्य गर्न सकिने बताए।

प्याब्सन वीरगन्ज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछाने, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ता, इनोभेटिभ सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाई, प्याब्सनका सल्लाहकार मणि पाख्रिन, लालबहादुर पटेल, मधेस प्रदेश उपाध्यक्ष पुरण प्रधान, सल्लाहकार शिवजी गुप्ता, एनप्याब्सन महानगर अध्यक्ष जियालाल साह, प्याब्सन पर्साका सचिव अशोक संग्रौला, प्याब्सन महानगर सचिव अमित आलोक, सुलभ केसी लगायतको उपस्थिति रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.