वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न
जेष्ठ १६ बिरगंज
वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको छ।बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नया पुराना गरि करिब ७५० थान कपड़ा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि, विशिष्ट अतिथिमा वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताको आतिथ्यमा सम्पन्न भएको थियोे। सल्लाहकारहरुमा समाजसेवी एवं अधिवक्ता प्रकाश उपाध्याय बि.पि.एस स्कुलका प्रीन्सिपल दिपक पटेल,सतिश सिंह राजपुत ,हुकुम सिंह राजपुत, युवा अभियन्ताहरु अभिलाष गुप्ता,रुपशिला देबि,शतिश सिंह राजपुत,केदार गुप्ता,राजेन्द्र भट्टराई,सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी,,कोषाध्यक्ष मनोज मिश्रा,युवा नेता ओम प्रकाश सराफ,सदस्यहरु जानकी देवि,नवराज भट्टराई लगायतहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले हामी संग निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत विभिन्न स्थानहरुमा आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छ ।
अध्यक्ष सिंहले हामी सबैको साझा प्रयास सहयोगले दिन दुखी असहायको सेवा सहयोग हुने र त्यो नै मानवको सर्बोत्तम धर्म भएको भन्दै सम्पुर्ण लाई आआफ्नो ठाउबाट दिन्दुखी असहायको सेवा सहयोग गर्न आग्रह गर्दै मानवताप्रेमी सहयोगी दाता, सुभेच्छुक , सल्लाहकार,पदाधिकारी सदस्यजन प्रती आभार ब्यक्त गरेका थिए।