वीरगन्ज नयाँ बसपार्कमा आगलागी, दुई बस पूर्ण रूपमा नष्ट

52

वीरगन्ज, ३ मंसिर – वीरगन्जको नयाँ बसपार्कमा पार्किङ गरिएको दुईवटा बसमा मध्यरात आगलागी भएको छ।

वीरगन्ज–१६ नयाँ बसपार्कमा पार्किङ गरिएको जम जम ट्राभल्सका ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

आगलागी मंगलबार राति पौने १ बजेको समयमा भएको थियो। घटनास्थलमा पुगेको प्रहरी र वीरगन्ज महानगरपालिकाको अग्नि नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए।

प्रहरीका अनुसार आगलागीको कारण हालसम्म पत्ता लाग्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave A Reply

Your email address will not be published.