शहीदको संकल्पबाट चुनावी बिगुल : पर्सा–३ मा रूपेश पाण्डेको निर्णायक प्रवेश, पुरानो राजनीतिलाई कडा चुनौती

127

वीरगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार बनेका युवा नेता रूपेश कुमार पाण्डेले शहीदहरूको सालिकमा माल्यार्पण गर्दै आफ्नो चुनावी यात्राको औपचारिक सुरुवात गरेका छन्।

शहीद दिवसको अवसरमा शुक्रबार पाण्डेले पर्साका ‘सेरे पर्सा’ भनेर चिनिने, पूर्वमन्त्रीसमेत रहेका स्व. चन्द्रदेव प्रसाद चौधरीको सालिकमा माल्यार्पण गर्दै चुनावी अभियानको शुभारम्भ गरे। सोही क्रममा उनले रंगपुर टाँडीस्थित स्व. चौधरीको सालिकमा समेत श्रद्धाञ्जली अर्पण गरेका थिए।

त्यसैगरी शहीद दिवसकै अवसरमा पाण्डेले पोखरिया नगरपालिकामा अवस्थित मधेश आन्दोलनका वीर शहीद चन्दन पटेल तथा पकहाँमैनपुरस्थित अमर शहीद शत्रुधन पटेलको सालिकमा माल्यार्पण गर्दै शहीदहरूको योगदानप्रति सम्मान व्यक्त गरे। सो अवसरमा अमर शहीद शत्रुधन पटेलकी आमालाई कुस्मी देवीलाई दोसल्ला ओढाई सम्मानसमेत गरिएको थियो।

शहीदको स्मृतिबाट चुनावी यात्रा सुरु गर्नु पाण्डेको राजनीतिमा त्याग, संघर्ष र मूल्यप्रतिको प्रतिबद्धताको स्पष्ट संकेतका रूपमा हेरिएको छ।

पर्सा–३ लाई नजिकबाट बुझेका, जनतामाझ निरन्तर सक्रिय र विकासप्रति स्पष्ट दृष्टिकोण बोकेका युवा उम्मेदवार पाण्डेले पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा समग्र आर्थिक विकासका लागि ठोस योजना अघि सार्दै आएका छन्। उनी जनताको दुःख–सुखमा सधैँ साथ दिने उम्मेदवारका रूपमा परिचित छन्।

शहीद दिवसको सन्देश दिँदै पाण्डेले भने,

“आज हामी जुन अवस्थामा छौँ, त्यो शहीदहरूको त्याग र बलिदानकै परिणाम हो। म शहीदहरूको सपना बोकेर मैदानमा उत्रिएको छु। पर्सा–३ को मुहार फेरेरै छाड्छु।”

उनले राज्यले अब ढिलाइ नगरी शहीदहरूले देखेको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिए।

उनको यो अभिव्यक्तिले पर्सा–३ मा मूल्य, विचार र विकासलाई प्राथमिकतामा राख्ने नयाँ राजनीतिक धारको सुरुवात भएको संकेत गरेको छ। शहीदप्रतिको सम्मानबाट चुनावी यात्रा सुरु गरेका पाण्डेले पर्सा–३ मा परिवर्तनको भरोसा दिलाउँदै जनसमर्थन थप बलियो बनाउँदै लगेका छन्।

पर्सा–३ मा पाण्डेको स्पष्ट र निर्भीक अभिव्यक्तिसँगै चुनावी माहोल तातेको छ। थाकेको नेतृत्व, खोक्रो भाषण र विगतका असफलताबाट आजित मतदाताहरूको आशा अब रूपेश कुमार पाण्डेतर्फ केन्द्रित हुन थालेको देखिन्छ।

शहीदको संकल्प, जनताको भरोसा र एमालेको संगठनात्मक शक्तिसँगै अघि बढिरहेका पाण्डे पर्सा–३ मा परिवर्तनको एक विश्वसनीय विकल्पका रूपमा स्थापित हुँदै गएका छन्। अब पर्सा–३ मा चुनाव केवल प्रतिस्पर्धा मात्र नभई पुरानो राजनीतिमाथि निर्णायक प्रहार बन्ने संकेत स्पष्ट देखिएको छ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य विजय सरावगी, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दास, केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, उपाध्यक्ष तथा पकहाँमैनपुर गाउँपालिका कमिटी अध्यक्ष अकलेश कुमार साह, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव, एमाले नेता प्रमोद जयसवाल, पर्सा क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारीसहित फर्मान मिया, सन्तोष महतो, कौशल साह, गम्भीर साहलगायत जिल्लाका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.