शिक्षकको तलब भत्ता मासिक रूपमा दिन निर्देशन

152

काठमाडौँ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न निर्देशन दिएको छ ।

केन्द्रले ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा भएको व्यवस्था अनुसार शिक्षकलाई मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाउन केन्द्रले निर्देशन गरेकोको हो ।

विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता स्थानीय तहमा माग गर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने कार्यविधिमा भनिएको छ ।

तर, उक्त कार्यविधि अनुसार शिक्षकले मासिक रूपमा तलब पाउन नसकेको गुनासो गरेपछि केन्द्रले लिखित रूपमै निर्देशन दिएको हो । सरकारको आव २०८१–८२ को नीति तथा कार्यक्रममा शिक्षकको तलब मासिक रूपमा दिने उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.