शिक्षा र स्वास्थ्य सुधारको एजेन्डासहित हिन्दु राष्ट्र पुनःस्थापनाको संकल्प, पर्सा–२ मा सन्तोषानन्द महाराजको जनसमर्थन तीव्र

105
  • पर्सा, it आनन्द पटेल।

नेपाललाई पुनः हिन्दु राष्ट्र स्थापना गर्ने मूल एजेन्डासहित नेपाल जनता पार्टीका तर्फबाट पर्सा क्षेत्र नं–२ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सन्तोष पटेल (सन्तोषानन्द महाराज) ले उम्मेदवारी मनोनयन दर्ता गरेपछि निर्वाचन क्षेत्रमा सक्रिय जनसम्पर्क अभियान सुरु गर्नुभएको छ। मनोनयन दर्ता पश्चात आजदेखि उहाँले गाउँ–गाउँ, टोल–टोल पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो राजनीतिक दृष्टिकोण, एजेन्डा र प्रतिबद्धता सार्वजनिक गर्न थाल्नुभएको हो।

जनसम्पर्क अभियानका क्रममा युवा, बुद्धिजीवी, समाजसेवी, धार्मिक अगुवा तथा स्थानीय सर्वसाधारणले उहाँलाई भव्य रूपमा स्वागत गर्दै विजयी हुने आशीर्वाद दिएका छन्। जनतासँगको भेटघाटमा देखिएको उत्साह, सहभागिता र समर्थनले उहाँप्रतिको लोकप्रियता तीव्र रूपमा बढ्दै गएको संकेत गरेको छ। स्थानीय बासिन्दाले परिवर्तनको अपेक्षा गर्दै नयाँ र प्रतिबद्ध नेतृत्वको रूपमा सन्तोष पटेललाई अगाडि सारेका छन्।

उम्मेदवार पटेलले देशको मौलिक पहिचान, धर्म–संस्कृति र राष्ट्रिय एकतालाई मजबुत बनाउने लक्ष्यसहित हिन्दु राष्ट्र पुनःस्थापनालाई प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेका छन्। साथै शिक्षा प्रणालीको सुधार, युवालाई स्वदेशमै रोजगारी सिर्जना, गुणस्तरीय स्वास्थ्य सेवा, नागरिक सुरक्षा, प्रभावकारी सुशासन, दिगो विकास तथा भ्रष्टाचारमुक्त समाज निर्माण आफ्नो प्राथमिकता रहेको स्पष्ट पार्नुभएको छ।

“जनताको विश्वास र समर्थन नै मेरो शक्ति हो,” भन्दै पटेलले राजनीति सेवा र समर्पणको माध्यम हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। जनताको समस्या संसद्मा बुलन्द रूपमा उठाउने र पर्सा क्षेत्र नं–२ लाई विकास र समृद्धिको नमुना क्षेत्र बनाउने आफ्नो अठोट रहेको उहाँको भनाइ छ।

Leave A Reply

Your email address will not be published.