श्रम संस्कृति पार्टीका नगर अध्यक्ष शोयब अख्तर एमालेमा प्रवेश

87

वीरगञ्ज – श्रम संस्कृति पार्टीका वीरगञ्ज महानगरपालिकाका नगर अध्यक्ष शोयब अख्तर नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा औपचारिक रूपमा प्रवेश गरेका छन्।

उहाँलाई एमालेका नेता–कार्यकर्ताले पार्टीमा हार्दिक स्वागत तथा अभिनन्दन गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा वक्ताहरूले अख्तरको आगमनसँगै संगठन अझ सशक्त, एकताबद्ध र गतिशील बन्ने विश्वास व्यक्त गरे।

पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै अख्तरले वीरगञ्जको समृद्धि, सुशासन र दिगो विकासका लागि अब एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनताको अपेक्षा पूरा गर्न सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो।

एमाले नेतृत्वले अख्तरको राजनीतिक अनुभव, संगठनात्मक क्षमता र नेतृत्व कौशलले पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

स्थानीय तहको विकास, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै एमालेले वीरगञ्जमा संगठन विस्तार अभियानलाई तीव्रता दिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.