श्रीलंकामा भारी वर्षा र पहिरो: ३१ को मृत्यु, हजारौं विस्थापित

44

काठमाण्डौं – श्रीलंकामा भारी वर्षा र पहिरोका कारण कम्तीमा ३१ जनाको मृत्यु भएको र १४ जना बेपत्ता रहेको विपद् व्यवस्थापन केन्द्र ९डीएमसी०ले बिहीबार जनाएको छ। डीएमसीका अनुसार बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्।

कन्द्रको पछिल्लो प्रतिवेदन अनुसार, चरम मौसमी प्रकोपले १७ जिल्लामा असर पारेको छ भने करिब १,१५८ परिवारका चार हजार व्यक्तिहरू प्रभावित भएका छन्। डीएमसीले १० जना घाइते भएको, तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको र ३८१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको जनाएको छ। साथै, कम्तीमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको छ।

जिल्लागत विवरण अनुसार, पूर्ण प्रभावित बदुल्लामा सबैभन्दा बढी १८ जनाको मृत्यु भएको छ भने केगालेमा ७ र नुवारा एलियामा ४ जनाको मृत्यु भएको छ। हम्बनटोटा र कुरुनेगलामा एक–एक जनाको मृत्यु भएको छ।

अधिकारीहरूले निरन्तर वर्षाले मध्य र पहाडी क्षेत्रहरूमा थप बाढी र पहिरोको खतरा बढेको बताउँदै सडक बन्द हुने सम्भावनाप्रति चेतावनी दिएका छन्। मौसम बिग्रँदै गएपछि परीक्षा विभागले बिहीबार, शुक्रबार र शनिबारका लागि निर्धारित विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ।

भारी वर्षाका कारण थुप्रै जिल्लामा यातायात अवरुद्ध भएको छ भने प्रमुख सडकहरू बन्द छन्। आपतकालीन टोलीहरूले उच्च जोखिममा रहेका क्षेत्रहरूमा खोजी र उद्धार कार्य जारी राखेका छन्। सरकारले जनतालाई पहिरो र बढ्दो जलस्तरप्रति सतर्क रहन आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.