श्री कृष्ण जन्माष्टमी’ आज देशभर भगवान् श्री कृष्णको पूजा–आराधना गरी मनाउँदै  

193

 

१० भदौ, वीरगंज

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै   छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन देश भरिका कृष्ण मन्दिरमा भगवान् श्री कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने गरिन्छ । विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्रम बस्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको अवसरमा पर्साको वीरगन्जमा श्रीमद् भागवत् कथा तथा कृष्ण लिला प्रस्तुत गरिएको छ । वीरगंज स्थित टिबडेवाल धर्मशालामा माहील अग्रवाल परिवारको आयोजनामा श्रीमद् भागवत् कथा तथा कृष्ण लिला प्रस्तुत गरिएको हो ।

कार्यक्रममा भारतको राजस्थानबाट आएका कलाकाहरुरले आफ्नो कला प्रस्तुत गरेका थिए । साथै सो कला प्रस्तुतीमा माहिल परिवारका छोरा र बुहारीले रुक्मिणी र कृष्णका भूमिका खेलेका थिए ।

श्रीमद् भागवत् कथा तथा कृष्ण लिला प्रस्तुत कार्यक्रममा भारत लगायत बारा पर्साका सयौंको संख्यामा भक्तजनहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा भारतको प्रसिद्ध कथा वाचिका विष्णुप्रियाले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णु आठौँ अवतारका रूपमा जन्मिनु भएको बताइन् । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको उनी बताउँछिन् ।

कुरु क्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्री कृष्णका मुखार विन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबै भन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा विरगंजको घडिअर्वा पोखरी स्थित प्रसिद्ध गीता मन्दिरमा ठूलो मेला लागेको छ ।

Leave A Reply

Your email address will not be published.