संखुवा प्रसौनी गाँउपालिकामा सार्वजनकि सुनवाई कार्यक्रम सम्पन्न, जनताको आवश्यकता र चाहनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जिकिर

48

पर्साको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले गाँउपालिकाको प्रशासनिक भवन कुनै व्यक्ति वा पूर्व जनप्रतिनिधीको जग्गामा कुनैपनि हालतममा बन्न नदिने बताएका छन । शनिबार पालिकामा अयोजित सार्वजनिक सुनावाई कार्यक्रममा बोल्दै उनले गाँउपालिकाको भवन पूरानो आर्मी ब्यारेककै जग्गामा बन्ने जानकारी दिए । भवनकै विषयलाई लिएर अहिलेपनि मैले दुई वटा मुद्धा खेपिरहेको छु । ठोकुवाका साथ भन्छु कुनै व्याक्ति वा पूर्व जनप्रतिनिधीको जग्गामा म बन्न दिन्न । ’उनले भने ।

पूरानो आर्मी ब्यारेकको जग्गामा निर्माणधिन गाँउपालिकाको प्रशासनिक भवन आफ्नो यहि कार्यकालमा सकाएर सञ्चालनमा ल्याउने दाबी उनले गरे । अध्यक्ष यादवले गाँउपालिकाको बजेट वा स्रोत साधनको दुरुपयोग वा अनियमितता हुन नदिने दाबीपनि गरे । अध्ध्यक्ष यादवले केन्द्र र प्रदेश सरकारबाट सिमित बजेट र स्रोत साधन आउँदाका बाबजुदपनि पालिकाले जनताको आवश्यकता र चाहनालाई प्राथमिकतामा राखेर विभिन्न विकास निर्माणका कामहरु गरिरहेको जिकिर गरे । अध्यक्ष यादवले चालु आर्थिक वर्षमा गाँउपालिकामा भएका विभिन्न योजना र त्यसबाट प्राप्त उपलब्धिहरु बारे सविस्तार जानकारप्नि गराए ।

दीपनारायण आदर्श माध्यमिक विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा सहभागीहरुले विद्यालयका दिवा खाजा, इन्धन, गाँउपालिकामा भएको खाना ,नास्ता इत्यादिमा भएको खर्चबारे राखेको प्रश्नको जवाफ दिदैं प्रमुख प्रशासकिय अधिकृत रामबाबु कुशवाहाले जवाफ दिएका थिए ।

गाउँपालिका अध्यक्ष यादवकै अध्यक्षता तथा उपाध्यक्ष शर्मिला विष्ट र प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्षहरु बासुदेव महतो, चिरञ्जीवी महतो थारु, मोजामिल मियाँ अन्सारी, असेश्वर प्रसाद यादव, गाँउकार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरु, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय नागरिक, कर्मचारी,सञ्चारकर्मी लगायतकाको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.