संसदमा गृहमन्त्रीलाई बोल्न रोक्न नहुने : ज्ञानेन्द्र शाही

344

जेठ ४, वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा गृहमन्त्रीलाई बोल्न रोक्न नहुने जनाएको छ ।

संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बिपक्षी दलको बैठकमा राप्रपाले गृहमन्त्रीलाई सदनमा बोल्न दिन सुझाव दिएको राप्रपाका नेता ज्ञानेन्द्र शाहीले बताउनुभयो ।

उहाले सदनमा गृहमन्त्रीलाई बोल्ने अवसर दिएपनि सहकारी प्रकरणमा भने संसदीय छानविन बनाउनुपर्ने पार्टीको धारणा रहेको जानकारी दिनुभयो । सहकारी प्रकरण एक जना गृहमन्त्रीको मात्रै नभइ लाखौ जनताको बिषय भएकाले यस बिषयमा छानविन गर्न समिति बनाउनुपर्ने उहाले बताउनुभयो ।

त्यस्तै उहाले सदनमा सभामुख तटस्थ हुन नसकेको धारणा राख्नुभयो । कसैले आफ्नो माग राख्दै गर्दा सभामुखले सदनलाई त्यहि अनुसार व्यवस्थापन गर्नुपर्ने उहाको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.