सत्तापक्षका दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिन आग्रह गर्ने

187

काठमाण्डौ – सत्तापक्षका दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने भएका छन् ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलहरूको बैठकले उपसभामुखले पदीय आचरण विपरीत काम गरेको भन्दै राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाले राजीनामा नदिए कानूनअनुसार हटाउने तयारीमा लाग्न पनि दलका प्रमुख सचेतकहरूलाई निर्देशन दिनुभएको स्रोतले जनाएको छ ।

संसद्को दुईतिहाइ मतले उपसभामुख हटाउन सक्ने व्यवस्था छ । प्रधानन्यायाधीश, न्यायाधीशलगायतका विभिन्न संवैधानिक निकायका महत्त्वपूर्ण पदमा नियुक्तिका लागि उपसभामुख राना बाधक बन्न सक्ने निष्कर्षसहित प्रधानमन्त्री ओलीकै जोडबलमा उपसभामुख रानालाई राजीनामाको आग्रह गर्ने तयारी भएको एक जना नेताले बताएका छन् । उपसभामुख पनि संवैधानिक परिषद्को सदस्य रहने भएकाले अहिले परिषद्मा सत्तापक्ष कमजोर अवस्थामा छ ।

उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो ।

Leave A Reply

Your email address will not be published.