सनराइज टायक्वान्डो डोजाङ्गका खेलाडीहरूद्वारा अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण पदक

13

पौष ६ वीरगन्ज ।

बिरगंजस्थित सनराइज टायक्वान्डो डोजाङ्गका खेलाडीहरूले भारतको कालीपुङमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय टायक्वान्डो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तीन स्वर्ण पदक जित्न सफल भएका छन्।

प्रतियोगितामा सहभागी चार खेलाडीमध्ये रञ्जितकार, स्वास्तिक श्रेष्ठ र सिवान्स गुप्ताले आ–आफ्नो तौल समूहमा स्वर्ण पदक हात पारेका हुन् भने अर्का एक खेलाडीले तृतीय स्थान हासिल गरेका छन्।

प्रतियोगिताको समापन समारोहमा भारत टायक्वान्डो फेडेरेसनका जनरल सेक्रेटरीले विजेता खेलाडीहरूलाई स्वर्ण पदक तथा प्रमाणपत्र प्रदान गर्दै उनीहरूको हौसला र मनोबल उच्च बनाएका थिए।

सनराइज टायक्वान्डो डोजाङ्गका प्रमुख प्रशिक्षक राजेन्द्र साहीका अनुसार खेलाडीहरूको यो सफलता निरन्तर अभ्यास, अनुशासन र समर्पणको परिणाम हो। उनले अन्तर्राष्ट्रिय स्तरमा नेपाल र बिरगंजको नाम चिनाउन सफल भएका खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.