सनातन धर्म एकता पदयात्रा: नेपाल–भारतका भक्तजनको विशाल सहभागिता, वीरगन्जका पत्रकार सरार्फ–पटेल–साहको स्थलगत रिपोर्ट

67

वीरगञ्ज, कार्तिक ३० ।

भारतको मध्य प्रदेश छतरपुरस्थित बाबा बागेश्वरधामका पीठाधीश्वर पण्डित धिरेन्द्र शास्त्रीको अगुवाइमा आयोजित दश–दिवसीय ‘सनातन हिन्दू एकता पदयात्रा’ मा नेपालबाट पनि हजारौँ भक्तजनले सहभागिता जनाएका छन्। साथै बीरगञ्जका तीन पत्रकारले बृन्दाबन पुगेर उक्त ऐतिहासिक पदयात्राको स्थलगत रिपोर्टिङ समेत गरेका छन्।

पदयात्रा नोभेम्बर ७ देखि दिल्लीबाट आरम्भ भई नोभेम्बर १६ मा बृन्दाबनमा सम्पन्न भएको हो। भारत र नेपाल मिलाएर लाखौँ सनातन धर्मावलम्बी भक्तजन सहभागी रहेको आयोजक पक्षले बताएको छ।

पदयात्राको उद्देश्य भारतलाई ‘हिन्दू राष्ट्र’ घोषणा गर्नुपर्ने माग उजागर गर्नु, साथै सनातन परम्पराभित्र रहेको छुवाछुत, विभेद र विकृतिहरू अन्त्य गर्दै एकताको सन्देश दिनु रहेको पण्डित शास्त्रीले बताए।

पदयात्रामा भारतका प्रतिष्ठित व्यवसायी, सामाजिक अगुवाहरू, साथै बलिउड कलाकार संजय दत्त, शिल्पा शेट्टी, राजपाल यादवलगायत धेरै कलाकारहरूको समेत सहभागिता थियो।

यस महत्त्वपूर्ण यात्रा र कार्यक्रमको प्रत्यक्ष रिपोर्टिङका लागि

ए न्यूज टेलिभिजनका राज सरार्फ,

ज्योति दैनिकका कन्हैया पटेल,

एशियन न्यूजका निरञ्जन साह

बृन्दाबन पुगेका थिए।

पत्रकार राज सरार्फले पदयात्राबारे आफ्नो अनुभव साझा गर्दै भने,

“हामी पत्रकारको दायित्व निर्वाह गर्न आएका थियौँ, तर सनातन परिवारमा जन्मिएको नाताले धर्म, आस्था र संस्कारप्रति कर्तव्य निभाउन पाउनु गर्वको विषय हो। पत्रकारितासँगै कर्म र धर्म दुवै पूर्ण रूपमा पूरा गरेको अनुभूति भएको छ।”

सहभागी नेपाली भक्तजनका अनुसार यस पदयात्राले धर्म, संस्कार, एकता र सामाजिक सद्भाव प्रती नयाँ ऊर्जा प्रदान गरेको छ।

कार्यक्रमका अगुवाद्वारा नेपाल–भारतको सनातन सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विशेष जोड दिइएको थियो।

पदयात्रा सम्पन्नपछि सहभागीहरूले बृन्दाबनमा आयोजित विशेष सत्संग, भजन–कीर्तन र दर्शन कार्यक्रममा समेत सहभागिता जनाएका थिए।

Leave A Reply

Your email address will not be published.