समाजसेवामा जनमतको उदाहरणीय कदम — पर्वको समयमा आकस्मिक रक्तदान
वीरगञ्ज। चाडपर्वको समयमा रक्त अभाव बढ्ने भएकाले पर्सामा आज आयोजित आकस्मिक रक्तदान कार्यक्रममा १९ जना युवाले रक्तदान गरेका छन्। जेन्जि जनमत संघ, युवा दस्ता तथा युवा जनमत संघ पर्साले जनमत पार्टीको लोककल्याणकारी अभियान अन्तर्गत रसिआव रोटी/खरना पर्वको दिन कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रमको उद्घाटन जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले स्वयं रक्तदान गर्दै गरे।
जेन्जि तथा युवा दस्ताका पर्सा जिल्ला अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य विद्यालाल प्रसाद, युवा जनमत संघ पर्साका अध्यक्ष उदय यादव, कोषाध्यक्ष सिकेन्द्र राम, निरन्जन कुशवाहा, निखिल चौरसियासहितको उपस्थिति रहेकाे थियो।
रक्तदान गर्नेहरुमा जिल्ला अध्यक्ष सरार्फ सहित गुडु सेख, अजय कुमार साह, समिम आलम, अमन सेख, राजन साह, साजन सिंह ,आदित्य साह, अजय श्रीवास्तवलगायत रहेका छन्।
अध्यक्ष सरार्फले युवाहरूलाई सकारात्मक र समाजमुखी क्रियाकलापमा जोड्दै आएको जनमत पार्टीले भविष्यमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताए। “राजनीति भनेको उत्कृष्ट समाजसेवा हो। असल र सभ्य युवाले नै कुशल समाज र सक्षम राष्ट्र निर्माण गर्छन्,” उनले भने।