सरकारले पाँच महिनामा तिर्यो १ खर्ब ७० अर्ब बराबर सार्वजनिक ऋण

8

सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा १ खर्ब ७० अर्ब ५९ करोड रुपैयाँ बराबर सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले ऋण भुक्तानीका लागि ४ खर्ब २ अर्ब २८ करोड रुपैयाँ छुट्याएको थियो । जसमध्ये १ खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ अर्थात् विनिजोजित रकमको ४२।३५ प्रतिशत रकम सरकारले ऋण भुक्तानीमा खर्च गरेको हो ।

बाँकी बजेट २ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा मंसिर मसान्तसम्ममा कुल ऋण सेवा खर्च २।९९ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षमा सरकारले ऋण तिर्न ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

पछिल्लो ५ महिनामा सरकारले १ खर्ब ४९ अर्ब ६६ करोड आन्तरिक ऋण तथा २० अर्ब ९३ करोड बाह्य ऋणको दायित्व घटाएको छ । मंसिर मसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ४४ अर्ब ५५ करोड र ब्याज भुक्तानीमा २६ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब २७ अर्ब २४ करोड तथा ब्याज भुक्तानीमा २२ अर्ब ४२ करोड खर्च भएको छ । त्यस्तै वाह्य ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३१ करोड तथा ब्याज भुक्तानीमा ३ अर्ब ६१ खर्च भएको देखिएको छ । विनिमय दरमा आएको परिवर्तनका कारण वाह्य ऋणमा १० अर्ब ५७ करोड दायित्व थप भएकोे छ ।

चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा मंसिर मसान्तसम्ममा १ खर्ब ९२ अर्ब २९ करोड ऋण प्राप्ति भएको छ । मंसिर मसान्तसम्म सरकारले १ खर्ब ६४ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण तथा २८ अर्ब २९ करोड रुपैयाँ वाह्य ऋण प्राप्त गरेको छ । वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति ३५।१५ प्रतिशत छ । जसमा आन्तरिक ऋण प्राप्ति ४९।७० प्रतिशत तथा बाह्य ऋण प्राप्ति १३।०४ प्रतिशत रहेको छ ।

पछिल्लो १ महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करोड रुपैयाँले घटेको छ । सरकारले मंसिर महिनामा ५८ अर्ब २४ करोड ऋण भुक्तानी गरेपछि सार्वजनिक ऋण साढे २५ अर्बले घटेको हो । मंसिर महिनामा सरकारले २१ अर्ब २३ करोड ऋण प्राप्ती गरेको छ भने ५८ अर्ब २४ करोड तिरेको देखिन्छ ।

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा भने सार्वजनिक ऋण ५८ करोड ३१ अर्ब रुपैयाँ थपिएको छ । योसँगै मंसिर मसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । २०८१ साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब रहेको थियो । नेपालको अर्थतन्त्रको आकारको अनुपातमा तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४३।६९ प्रतिशत हो । यस अवधिसम्म सरकारको तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब १७ अर्ब ६६ करोड रुपैयाँ छ । बाह्य ऋण भने १२ खर्ब ७४ अर्ब ७४ करोड रुपैयाँ छ ।

गत साउन १ गतेसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड थियो । यसरी हरेक पछिल्ला वर्षहरुको तथ्याकं हेर्ने हो भने सार्वजनिक ऋणको आधार बढिरहेको देखिन्छ  । यसअनुसार २०७३र७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९७ अर्ब ६८ करोड बराबर थियो । २०७४र७५ मा यस्तो ऋण ९ खर्ब १७ अर्ब पुग्यो । सार्वजनिक ऋण २०७५र७६ मा १० खर्ब ४८ अर्ब, २०७६र७७ मा १४ खर्ब ३३ अर्ब, २०७७र७८ मा १७ खर्ब ३७ अर्ब, २०७८र७९ मा २० खर्ब १३ अर्ब, २०७९र८० मा २२ खर्ब ९५ अर्ब रुपैयाँ बराबर पुगेको सरकारी तथ्याकंमा उल्लेख छ ।

यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले यो वर्ष कुल ५ खर्ब ४७ अर्ब बराबर ऋण लिने लक्ष्य राखेको छ । त्यसमध्ये ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड ऋण जुटाइने बजेटमा उल्लेख छ । मंसिर मसान्तसम्म १ खर्ब ९२ अर्ब २९ करोड अर्थात् लक्ष्यको ३५।१५ प्रतिशत ऋण उठाइ सकेको छ ।

गएको पाँच महिनाको अवधिमा भने कुल ५८ अर्ब ३१ करोड सार्वजनिक ऋण बढेको छ । जसमा ३६ अर्ब ७६ करोड आन्तरिक ऋण र २१ अर्ब ५५ करोड बाह्य ऋण थपिएको हो ।

Leave A Reply

Your email address will not be published.