सरकार र आन्दोलनरत नर्सबीच २३ बुँदे सहमति, निजी अस्पतालमा सरकारी सरह तलब

12

आन्दोलनरत नर्सहरू र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत नर्सहरूबीच सहमति भएको हो । निजी अस्पतालमा कार्यरत नर्सहरूलाई कम तलब दिएको भन्दै भएको आन्दोलनका माग सम्बोधन गर्न सहमति भएको हो । उक्त सहमति अनुसार निजी अस्पतालमा कार्यरत नर्स सहितका स्वास्थ्यकर्मीलाई सरकारीसरह तलब सुविधा दिने सहमति भएको छ ।

मन्त्रालय र नर्सहरूवीच ४ खण्डमा २३ बुँदे सहमति भएको हो । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले दिएको जानकारीअनुसार ठूला अस्पताल र मेडिकल कलेजले १ कात्तिकदेखि नै नर्स, डाक्टर तथा स्वास्थ्यकर्मीलाई सरकारीसरह नै मासिक तलब सुविधा उपलब्ध गराउने सहमति भएको छ ।

यो सहमतिमा नेपाल नर्सिङ संघ पनि सहमत छ । सहमति अनुसार अरु अस्पतालले भने कात्तिकदेखि नै सरकारीमा तोकिएको ८० प्रतिशत तलब दिनुपर्ने सहमति छ । यद्यपि, केही नर्सहरूले भने असन्तुष्टि जनाएका छन् । अहिले भएको सहमति अनुसार निजी मेडिकल कलेजमा कार्यरत नर्सले सरकारी पाँचौँ तहको सेवा सुविधा अनुसार मासिक ३४ हजार ७ सय ३० रुपैयाँ पाउनेछन् । यसअघि निजीक्षेत्रमा कार्यरत नर्सले ८ हजारसम्म पनि तलब नभएको गुनासो आउने गरेको थियो ।

नर्सहरूसँग भएको सहमति कार्यान्वयनका लागि मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.