नेकपा एमालेका सांसद प्रभु हजराले सर्वोचमा अडकिएको वीरगञ्ज मेनरोड र नरायणी अस्पतालको मुदा अहिले सम्म टुंगो नलागेको बताएका छन । सांसद हजराले आज सदनमा शुन्य समयमा बोल्दैं सो कुरा बताएका हुन ।
उनले भने पटक पटक सदन मार्फत सरकारको ध्यानकर्षण गराउदा पनि बर्षो देखि सर्वोच अदालतमा अडकिएको वीरगञ्ज मेनरोड अर्थात त्रिभुवन राजमार्ग र नरायणी अस्पतालको मुदा अहिले सम्म टुगों लाग्न नसकेको बताए । उनले यो मुदा अडकिएर वीरगञ्जको बिकास निर्माणका कामहरुमा अवरोध भएको हुनाले तत्काल मुदा अन्तय तर्फ लाग्न सरकारको ध्यानकर्षण गराएका छन ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले तराई मधेशमा बढदो गर्मीसंगै लोडसेटिङ्गका कारणले गर्दा वीरगञ्ज लगायतका क्षेत्रमा आम जानताको जन जिवन प्रभावीत भएको हुनाले समयमै समस्या समाधान गर्न सभामुख मार्फत उर्जा तथा सिचाई मन्त्रीको ध्यानकर्षण समेत गराएका हुन ।