सशस्त्र प्रहरीद्वारा करिव २८ लाख बराबरको बिभिन्न सामनहरु भन्सार दाखिला 

281

भगवान कुर्मी असार १६, वीरगञ्ज। सशस्त्र प्रहरी पर्साले भन्सार छल्लीका करिव २८ लाख मुल्य बराबरको बिभिन्न सामनहरु आज भन्सार दाखिला गरेको छ । 

सशस्त्र प्रहरीले भारतबाट भन्सार छल्ली गरेर अवेभ रुपमा लाकाई छिपाई नेपाल भित्रियाउदैं गरेको अवस्थामा बिभिन्न किसिमको तस्करीको समानहरु फेला पारेर भन्सार दाखिला गराएको हो ।

आईतवार बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिकाको वडा नम्बर १६ को बिभिन्न स्थानबाट भारत देखि नेपाल तर्फ अवैध रुपमा भन्सार छल्लीका समान लयाउदै गरेको अवस्थामा ना १ ह ९९६० नंम्बरको अटो चेकजाँच गर्दा अनुमानीत मुल्य २१,६३,४६० बराबरको किराना, कपडा, मोवाईलको डिस्प्ले, मोटरपार्टस तथा ईलेक्ट्रोनिक्स सामानहरु बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म अलौबाट खटिएको मोबाईल टोलीले अलौ नाकाबाट भारत देखि नेपाल तर्फ आउदै गरेको ना.२१प.९६२७ र ना.१७ प. ६९२१ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा भन्सार छल्लीको समान लोड रहेको अवस्थामा अनुमानीत मुल्य करिव १,१७,०६० बराबरको किराना समान र कपडा फेला पारेको थियो । नियन्त्रणमा लिएको २ वटा मोटरसाईकलको ३,००,००० मुल्य मुल्याङ्कन गरि कुल मुल्य ४,१७,०६० बराबरको सामान र मोटरसाईकल सहित बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीका प्रवक्ता देवेन्द्र सिंहले जानकारी दिए ।

यसैगरी (बि.ओ.पि.) सिर्सियाबाट खटिएको सशस्त्र प्रहरी टोलिले बिरगंज महानगरपालिकाको वडा नम्बर २ भकुवाबाट करिब ९०,००० बराबरको भन्सार छल्लीका कपडा बरामद गरेको हो । भने (बि.ओ.पि.) ड्राईपोर्टबाट खटिएको सशस्त्र प्रहरी टोलिले बिरगंज महानगरपालिकाको वडा नम्बर २५ सिर्सिया नाकाबाट भारत देखि नेपाल तर्फ आउदैं गरेको (बिआर ५ टि २६९१) नम्बरको भारतिय मोटरसाईकलमा भन्सार छल्लीका २८,००० बराबारको लेडिज टपस् ७२ पिस बरामद गरेको थियो । नियन्त्रणमा लिएको मोटरसाईकलको मुल्य १,००,००० बराबरको मुल्याङ्कन गरी कुल १,२८,००० बराबरको माटरसाईकल सहितको समान आजैको मितिमा आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको प्रवक्ता सिंहले बताएका छन ।

 

यस अघि पनि सशस्त्र प्रहरीको सक्रियता निकै राम्रो देखिएको छ । अहिले सशस्त्र प्रहरीको कार्यशैलीले गैरकानुनी कारोवारी र तस्करहरु प्लायन हुने सम्भावना बढेको देखिन्छ, साथै आम सर्व सधारणमा पनि सशस्त्र प्रहरी प्रति बिश्वास बढेको देखिन्छ । सशस्त्र प्रहरीले बिगतको समयलाई सम्झना गरेर अहिलेको कार्यशैलीमा निरन्त्रता दिएन भने पुनः सिमा सरक्षा कमजोर हुने र जनताले देखाएके बिश्वास टुटने समय लाग्दैन भने जानकारहरु बताउछन ।

Leave A Reply

Your email address will not be published.