सशस्त्र प्रहरीद्वारा पर्सामा १० के.जी. गाँजा बरामद
मंसिर १ वीरगञ्ज, आनन्द पटेल
सशस्त्र प्रहरी बल, नेपालले पर्सामा ठूलो मात्रामा अवैध लागुऔषध बरामद गरेको छ। जगरनाथपुर गाउँपालिका–१ बिसनपुर्वा क्षेत्रमा सशस्त्र प्रहरी बिओपी पिडारीगुठबाट खटिएको टोलीले करीब १० के.जी. गाँजा फेला पारी नियन्त्रणमा लिएको हो।
बरामद गरिएको लागुऔषधलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरीले सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा निगरानी कडा पारेको छ।
सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार नियमित गस्ती तथा सूचनाका आधारमा गरिएको कार्यवाही सफल बनेको हो।