सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल नेतृत्वको टोलीद्धारा ५ लाख बढीको भन्सार छलीका सामग्री बरामद

495

२२ चैत्र वीरगंज, आनन्द पटेल

सशस्त्र प्रहरीले वीरगञ्जबाट साढे ५ लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सारको मुख्य प्रवेशद्वारबाट सशस्त्र प्रहरीले ४ लाख ८८ हजार ४६८ रुपैयाँ बराबरको सामग्री बरामद गरेको हो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल नेतृत्वको ७ जनाको गाडी मोवाईल टोलीले किराना सामान, लत्ता कपडा, काजु, हार्डवेयर, खेलौना र कस्मेटिक आइटम बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ति सामग्री बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । उनकाअनुसार बरामद सामग्री आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

यस्तै सशस्त्र प्रहरीले भन्सार छलीको चिनी पनि बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार गेटस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले ५० किलोग्राम चिनी बरामद गरेको हो ।

भारतबाट नेपातर्फ आउँदै गरेको ना ५ प ८३५ नम्बरको हिरो होण्डा मोटरसाइकलमा राखी ल्याउँदै गरेको अवस्थामा चिनी बरामद गरिएको रिजालले बताए । मोटरसाइकललाई ६० हजार र चिनीलाई ३ हजार मूल्यांकन गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको रिजालले बताए ।

Leave A Reply

Your email address will not be published.