असार २७, वीरगञ्ज।सशस्त्र प्रहरी पर्साले भन्सार छलीका अवैध कपडा लगायतका अटो सहित ८ लाख बराबरको बिभिन्न समानहरु भन्सार दाखिला गरेको छ ।
बिशेष सुचनाको अधारमा प्रास्तावीत सीमा सुरक्षा गुल्म वीरगंजबाट खटेको सशस्त्र प्रहरी टोलीले सो अवैध समानहरु भन्सार दाखिला गरेको हो ।
बिहिवार वीरगञ्ज २ श्रीराम हल स्थितबाट भारत देखि नेपाल तर्फ ल्याउदैं गरेको मधेश प्रदेश ०३–००१ ह १२५९ नम्बरको अटो चेकजाँच गर्दा १ लाख ४५ हजार बराबरको कुर्ता सुरुवाल लगायतको कपडा तथा एक जना ब्यक्ती सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका वीरगंज १९ निवासी मोहन दास तात्व र अटोको अनुमानीत मुल्य ३ लाख बराबरको मुल्यांकन गरी समान सहित आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीका प्रवक्ता देवेन्द्र सिंहले जानकारी दिए ।
यसअघि पनि बुधवार सोही गुल्मका सशस्त्र प्रहरी टोलीले वीरगंज १६ बासघारीबाट भन्सार छलीका अवैध ३ लाख बराबरको दुई सय थान साडी, ५५ हजार बराबरको २०किलो पनिर, ४५किलो गुलावको फुल फेला पारी वीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता सिंहले बताएका छन ।