असार २८, वीरगञ्ज।सशस्त्र प्रहरी पर्साले आज एक घरमा छापामारी गरी ७ लाख बराबरको लत्ता कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरीले वीरगंज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वा स्थित मन्दिर टोलको एक घरमा छापामारी गरी सो लत्ता कपडा बरामद गरेको हो ।
शुक्रवार बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेक्वा पर्सा, प्रास्तावीत सीमा सुरक्षा गुल्म बिरगंज र (बिओपि) श्रीसियाबाट संयुक्त रुपमा खटिएको सशस्त्र प्रहरी टोलीले अनुमानीत मुल्य ७ लाख ३१ हजार १ सय बराबरको भन्सार छलीका लत्ता कपडा लुकाई छिपाई अवैध रुपमा घर भित्र राखिएको अवस्था बरामद गरीएको सशस्त्र प्रहरीका प्रवक्ता देवेन्द्र सिंहले जानकारी दिए ।
बरामद गरीएको लत्ता कपडा आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता सिंहले बताएका छन । भने भन्सार छलीका अवैध लत्ता कपडा कसको हो भने पता लगाउन नसकेको उनले जानकारी समेत दिए ।