सशस्त्र प्रहरी पर्साद्वारा ठोरीबाट ९ केजी गाँजा बरामद

38

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ मालिबस्ती नजिकबाट लागुऔषध गाँजा बरामद गरेको छ।

नेपालबाट भारततर्फ जाँदै गरेको प्र.०२.००१ प ५२०२ र BR 22 AK 2944 नम्बरका दुई वटा मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक घटनास्थलबाट फरार भएका थिए।

चेकजाँचका क्रममा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाइछिपाइ राखिएको करिब ९ किलोग्राम लागुऔषध गाँजा फेला पारिएको सूचना अधिकारी योञ्जनले जानकारी दिए। बरामद गाँजा, दुवै मोटरसाइकल तथा १ थान एन्ड्रोइड मोबाइल फोनसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

Leave A Reply

Your email address will not be published.