सशस्त्र प्रहरी १३ नम्बर गण पर्साको १७ औं स्थापना दिवस विभिन्न कार्यक्रमगरी समपन्न
७ बैशाख, वीरगंज
वीरगञ्ज शान्ति सुरक्षा प्रतिबद्धता भन्ने मुल मन्त्रका साथ सिमा सुरक्षा बल अर्थात सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साको १७ औ स्थापना दिवस २०८१ को अवसरमा आयोजित वार्षिक कार्यक्रम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसुन कर्मचायको अध्यक्षता तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यतयाका निमित्त सशस्त्र प्रहरी बलका डिआइजी माधव प्रसाद पौडेलको प्रमुख आतिथ्यमा सो वार्षिकोत्सब समारोह सम्पन्न भएको हो ।
उहाँले अहिले शान्ति सुरक्षा संगै सिमा क्षेत्रमा हुने अपराधीक गतिविधि तथा राजस्व नियन्त्रण गर्नमा राज्यले दिएको जिम्मेवारी पुरा गर्न दिनरात लागिपरेको बताएका छन् । उनले भने सिमा सुरक्षा बल प्रहरीले मात्र एक्लैले केही गर्न नसक्ने भएकोले यहाँका जनता संग समन्वय र सहकार्य गरेर आफुहरु अगाडि बढनु पर्ने धारणा राख्नु भएको थियो ।
उहाँले भने जति बेला सशस्त्र प्रहरीको स्थापना भएको थियो त्यसबेला धेरै संघर्ष गर्नुपर्ने अवस्था थियो जुन कि तराईमा विभिन्न गतिविधि गर्ने देखि लिएर उघोगपतीहरुलाई धाकधम्की तथा सिमा सुरक्षाको जिम्मेवारीबाट काम गर्नुपर्ने स्थिति रहेको बताए । अहिलेसम्म सशस्त्र प्रहरी बलले धेरै उपलब्धिहरु गरिरहेको र आगामी दिनहरुमा समेत राज्यले खताएको जिम्मेवारीबाट पछि नहट्ने प्रतिबद्धता जनाउनु भएको छ।
सशस्त्र प्रहरी बलमा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक देखि जवान सम्मका सशस्त्र प्रहरीलाई प्रमाणपत्रले सम्मानित गरिएको थियो ।वार्षिकोत्सब समारोहमा सशस्त्र प्रहरी उपरीक्षक किसुन कमर्चायले प्रतिवेदन प्रस्तुति गर्ने क्रममा सशस्त्र प्रहरीले अहिलेसम्म २० करोड भन्दा धेरै राजस्व असुली गर्न सफल भएको बताए ।
उनले भने सिमा सुरक्षा संगै सिमा क्षेत्र बाट हुने तस्करी चोरीपैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले धेरै उत्कृष्ट काम गदै आइरहेको बताएका छन् ।हामीले राज्यको जिम्मेवारीबाट पछि नहट्ने र जस्तोसुकै जिम्मेवारी पाए बहन गर्न तयार रहेको सशस्त्र प्रहरी उपरीक्षक कमर्चायले बताएका हुन ।वार्षिकोत्सब समारोहमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले सशस्त्र प्रहरीको जिम्मेवारी धेरै उत्कृष्ट रहेको र राज्यले खताएको आफ्नो कतबयाबाट पछि नहट्ेको धारणा राख्नु भएको हो ।
वार्षिक समारोहमा प्रहरी उपरीक्षक कोमुद ढुङ्गोल,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान,बीरगंज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्ती,सुख्खाबन्दरगाह आइसिपिका प्रमुख डाक्टर रामप्रसाद मैनाली ,बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल ,उपाध्यक्ष माधवराजपाल,नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुवोद गुप्ता ,तथा विभिन्न क्षेत्रका सामाजिक अभियानताहरु ससुरक्षाकर्मीहरु संन्चरकमीहरु,उधोगपतिहरु लगायतको विशेष उपस्थित रहेको थियो ।
वार्षिकोत्सब समारोहमा विभिन्न नृत्य तथा संगीतक कार्यक्रम एवम् संस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।कार्यक्रमको सहजिकरण सशस्त्र प्रहरी निरिक्षकदिपेन्द्र बहादुर मल्लले गर्नु भएको थियो ।