साउथजोन माध्यमिक बिद्यालयमा तिनदिने दन्त शिविर शुरु
बीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाई स्थित रहेको साउथजोन माध्यमिक बिधालयको आयोजना र स्माइल डेन्टल केयर र पोलि क्लिनिकको सहकार्यमा दन्त शिविर कार्यक्रम शुरु भएको छ।
रोग लाग्नु भन्दा पहिले नै उपचारको रोकथाम गर्ने उदेश्यले यो दन्त शिविर अभियान शुरुआत गरिएको साउथजोन माविका संचालक एवम् प्रिन्सिपल सरोज प्रसाद चौधरीले जानकारी दिनुभएको छ। कक्षा नर्सरी देखि कक्षा १० सम्मका १८ सय विद्यार्थीहरु र शिक्षक ,शिक्षिकाहरुको समेत निशुल्क दन्त शिविरमा उपचार गरिने प्रिन्सिपल चौधरीले बताएका हुन ।
प्रिन्सिपल चौधरीले भने ६ गतेदेखि ९ गतेसम्म यो निशुल्क दन्त शिविरको उपचार अभियान संचालन गरिने बताए । डाक्टर अमिर आलम र डाक्टर भावना कुमारी झाँको नेतृत्वमा १८ सय विद्यार्थीहरुको निशुल्क दन्त शिविर उपचार भइरहेको छ।
अहिले विद्यार्थीहरुमा धेरै जसो गुलियो खानेकुरा खाने बानीका कारण दातमा धेरै समस्या आउने र दातहरु झर्ने ,दातमा किरा लाग्ने तथा मुख गनाउने तथा अन्य समस्या देखा पर्ने भएकोले बेलामा उपचार गरेमा दात सुरक्षित रहने भएकोले बिधालयले विद्यार्थीहरुको स्वास्थ्य प्रति ध्यान दिएकाले यो शिविरको आयोजना गरिएको प्रिन्सिपल चौधरीले बताएका छन् ।
उनले भने समस्या आउनु भन्दा पहिले नै समाधान गर्ने उदेश्यले यो शिविर कार्यक्रमको आयोजना गरिएको बताए ।हामी गुणस्तरीय शिक्षा संगै स्वास्थ्य प्रति पनि उतिकै हाम्रो जिम्मेवारी रहने भएकोले बेला चेकजाँच गरिने र विद्यार्थीहरुको जटिल समस्या आए उपचार खर्चमा अभिभावक बिधालय र स्माइल डेन्टल क्लिनिक बिच समन्वयमा सकभर सस्तोमा उपचार गरिने भएको छ।