साउदीको मुहरास नजिक बस–ट्याङ्कर ठोक्किँदा २० महिला, ११ बालबालिका सहित ४२ भारतीयको मृत्यु
काठमाडौं । साउदी अरबको मक्काबाट मदिना जाँदै गरेको एउटा यात्रुवाहक बस दुर्घटनामा परेर ४२ जना भारतीय तीर्थयात्रीहरूको ज्यान गएको छ ।
सोमबार बिहान भएको यो भयानक दुर्घटनामा बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि तुरुन्तै आगलागी भएको थियो, जसका कारण मानवीय क्षति उच्च हुन पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा २० महिला र ११ बालबालिका समेत रहेका छन् ।
प्रारम्भिक रिपोर्ट अनुसार, ज्यान गुमाउने सबै यात्रुहरू भारतीय नागरिक हुन्, जसमध्ये धेरैजसो भारतको हैदरावादबाट उमराह ९तीर्थयात्रा० का लागि साउदी अरब पुगेका थिए ।
दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिकै भारतीय समयअनुसार राति करिब १ः३० बजे भएको थियो । रातिको समयमा धेरैजसो यात्रुहरू सुतिरहेको अवस्थामा दुर्घटना भएकाले र त्यसपछि बसमा भीषण आगो फैलिएकाले उनीहरूले जोगिने मौका पाएनन् ।
यस दुखद घटनाप्रति तेलंगाना सरकारले गहिरो दुःख व्यक्त गरेको छ र रियादस्थित भारतीय दूतावाससँग लगातार सम्पर्कमा रहेको बताएको छ । तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई तत्काल दूतावाससँग समन्वय गरेर पीडितहरूको पहिचान र अन्य आवश्यक औपचारिकता तथा सहयोगका लागि निर्देशन दिएका छन् ।