सामाजिक सद्भावका लागि वीरगंज युवा समाजको होली मिलन समारोह

29

वीरगंज, १६ फागुन। वीरगंज युवा समाज ले होली पर्वको पूर्वसन्ध्यामा शनिबार साँझ वीरगंज–५ कुम्हालटोल स्थित स्टार युरो किड्स स्कुल प्राङ्गणमा होली मिलन समारोह सभ्य एवं भव्य रूपमा सम्पन्न गरेको छ।

समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वीरगंज कपडा बैंक का अध्यक्ष लालबाबु सिंह, नेपाल फुटबल संघ पर्सा का अध्यक्ष रोशन गुप्ता, आदिवासी जनजाति महासंघ बिरगंज महानगर कमिटीका उपाध्यक्ष पूर्ण गुरुङ, कलवार कल्याण समिति पर्सा का सचिव श्याम गुप्ता, फेमस आर्ट्स एण्ड एडभर्टाइजिङ का सञ्चालक कमलेश सराफ, समाजका वरिष्ठ उपाध्यक्ष सानुमाया राणा लगायत अग्रज, महिला तथा युवाहरूको बाक्लो सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष थापाले होली केवल रङहरूको खेल मात्र नभई आपसी भाइचारा, सद्भाव र स्नेहलाई प्रगाढ बनाउने पर्व भएको उल्लेख गरे। उनले समाजमा रहेका विविध विचार र पहिचानलाई एकतामा बाँध्दै सकारात्मक सन्देश दिन नै होली मिलन समारोहको आयोजना गरिएको बताए। रङको पर्व मनाउँदा मर्यादा र एकअर्काको इच्छाको सम्मान गर्न उनले सबैमा आग्रह समेत गरे।

त्यसैगरी अतिथि लालबाबु सिंहले वीरगंज युवा समाजले समाजमा विद्यमान कुरीति–कुसंस्कार, लागूऔषध दुव्र्यसन, बालविवाह, महिला हिंसा, दाइजो तथा बोक्सी प्रथाविरुद्ध अग्रपंक्तिमा रहेर अभियान सञ्चालन गर्दै आएकोमा गर्व व्यक्त गरे। उनले होली पर्व आपसी मनमुटाव भुलेर एकताको सूत्रमा बाँधिने अवसर भएको उल्लेख गर्दै सबैले शान्तिपूर्ण र मर्यादित रूपमा पर्व मनाउन आग्रह गरे।

कार्यक्रममा सहभागीहरूले एकअर्कालाई रङ र अबिर लगाउँदै नाचगानसहित हर्षोल्लासपूर्वक पर्व मनाएका थिए। कार्यक्रमको सहजीकरण समाजका सल्लाहकार मार्टिन मोक्तानले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सानू राणाले व्यक्त गरेका थिए

Leave A Reply

Your email address will not be published.