सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको : कांग्रेस नेता सिटौला

380

१४ जेठ, वीरगञ्ज । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको बताउनुभएको छ ।

गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने सामान्य मागका कारण संसद अवरोध हुन पुगेको बताउनुभएको हो ।

उहाले बिगतमा पनि बिभिन्न प्रकरणमा मुछिएका मन्त्रिहरुमाथि छानविनका लागि संसदमा आवाज उठ्ने गरेकाले यसलाई सामान्य रुपमा लिनुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले कैलाश सिरोहियाको पक्राउ गर्ने तरिका कानुनको कपटपूर्ण प्रयोग भएको टिप्पणी गर्नुभयो ।

उहाले सहकारी ठगीको विषयमा तर्साउनका लागि सिरोहियालाई पक्राउ गरिएको दावी गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.