सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलको आयोजनामा लागुपदार्थ दुर्व्यसनी तथा ओसार पसार सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न

284

असार ०९, वीरगञ्ज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलको आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कंचनजङ्गा बोर्डिङ्ग स्कुलमा लागुपदार्थ दुर्व्यसनी तथा ओसार पसार सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्नगरिएको छ ।

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोल का अध्यक्ष रमेश कुमार चौधरी को सभापतित्व मा सम्पन भएको थियोे भने कार्यक्रम का प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्की रहेका थिए भने कार्यक्रम मा वरिष्ठ नायब निरीक्षक कार्की ले अध्यनरत रहेका बिद्यार्थीहरु लाई लागुपदार्थ सेवन बाट हुने बेफाइदा र यसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने बारे मा बिद्यार्थीहरु लाई प्रशिक्षण दिएका थिए भने सहभागी बिद्यार्थीहरुले यस लागु पदार्थ बाट जोगिन जोगाउन बारे नायब निरीक्षक कार्की सित अन्तरक्रीया समेत गरेका थिए।

लागु औषध प्रयोग तथा रोकथाम मा बिद्यार्थीहरु को अहम भुमिका एवम् देश कर्णधार भबिस्य बिद्यार्थी भएकोले यसको रोकथाम मा समेत बिद्यार्थीहरुले मदत गर्न सक्ने समेत प्रहरी वरिष्ठ निरीक्षक टेक बहादुर कार्की को भनाइ रहेको थियो।त्यस्तो गतिविधि देखेमा नजिक को प्रहरीलाई जानकारी गर्न गराउन समेत अनुरोध गरे।

कार्यक्रममा प्रहरी बरिस्ठ नायब निरीक्षक टेकबहादुर कार्की लाइ स्कुल का डाइरेक्टर मार्टिन मोक्तान ले माया को चिनो ले समेत सम्मानित गरेका थिए।सो कार्यक्रम मा समुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोल का सल्लाहकार एवम कंचनजङ्गा स्कुल का डाइरेक्टर मार्टिन मोक्तान प्रीन्सपल वसन्त बुढाथोकी सामुदायिक प्रहरी सेवा केन्द्र उपाध्यक्ष सन्जु दहाल उपाध्यक्ष सियाराम नेपाली मुन्ना दहाल भवानी पौडेल अंकित गिरी सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोल का प्र.स.ह कुमार बिक प्र.स.ह अमित कुमार यादव प्रहरी जवान दिलिप कुमार कोइरी लगायत को शिक्षक शिक्षिका को उपस्थिति रहेको थियोे भने कार्यक्रम को सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोल का सचीव श्रवण रायमाझी ले गरेका थिए।

Leave A Reply

Your email address will not be published.