सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको सम्मान कार्यक्रम समपन्न

530

७ चैत्र, बीरगंज
बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ ले आज सम्मान पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। केन्द्रका अध्यक्ष राम सरार्फको अध्यक्षता तथा प्रहरी उपरीक्षक कुमोध ढुङेलको प्रमुख आतिथ्यमा सो सम्मान कार्यक्रम सम्पन्न भएको हो ।सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटेमगर,प्रेस सेन्टर मधेस प्रदेश सचिव मुनेश कुमार लायोमगर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साका अध्यक्ष अजित भुजेल ,,श्री नेपाल राष्ट्रिय बिधापिठ माध्यमिक बिधालयका प्रअ अनिल बर्णवाल,वरिष्ठ सल्लाहकार डा पुरुतम दुवे,प्रहरी स। ह। लालुमाया महतो लगायत एक दर्जन साभन्दा धेरैलाई सम्मानित गरिएको थियो । सम्मान कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष हिरा गिरि,वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक धर्मजंग थिङ ,समाजसेवी प्रकाश उपाध्याय ,जिल्ला ट्राफिक निरिक्षक भास्कार खतिवडा ,नेपाल राष्ट्रिय बिधापिठ माविका प्रअ अनिल बर्णवाल,चिल्ड्रेन वार्डका सुमन दास,सचिव दिलिप प्रधान ,निर्मल ताम्राकार ,राधा शर्मा कोषाध्यक्ष मेधराज सहनी तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।कार्यक्रमको सहजिकरण प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राईले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.