सिएमए संघको स्थापना दिवसमा रक्तदान, ४६ जनाले गरे रगतदान

197

पर्सा : नेपाल सिएमए संघ पर्साको २१ औं स्थापना दिवसको अवसरमा आज वीरगंजमा  रक्तदान कार्यक्रमको सम्पन्न भएको छ । नारायणी अस्पताल स्थित नेपाल चिकित्सक संघको सभा हलमा आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन ।

कार्यक्रममा राकेश साह गोंढ,डा। मुक्तिनारायण साह,हृदय नारायण महतो,नरेश साह,मुकेश प्रसाद यादव लगायत ४६ जनाले  रक्तदान गरेको रक्तसंचार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले जानकारि दिए  । संघका केन्द्रिय अध्यक्ष रामेश्वर प्रसादले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । संघका पर्सा अध्यक्ष जितेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष रामेशवर प्रसादले रक्तदान गरेर जीवन दान गर्नुपर्नेमा जोड दिए । सिएमए संघले एउटै कार्यमा रहेकाहरुलाई एकिकृत गरेर पेशा र व्यवसायको हकहितमा काम गर्नुपर्ने उनको भनाई छ ।

‘नेपालको ईतिहासमा सन १९६२ देखी नै सिएमएहरुले सेवा दिदै आएको छ’ उनले भने ‘सन १९७८ मा आएर मात्र एमबिबिएस डाक्टरहरुले सेवा दिइरहेका छन्, यो भन्दा अगाडी को थियो भनेर सरकारले एक चोटि सोच्नुपर्छ ।’ सिएमएहरुले करिब ६२ वर्षदेखी सेवा दिदै आएको बताउदै केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा ल्याएको सिएमएको अवधारणा कार्यान्वयन गर्न सरकारलाई आग्रह समेत गरे ।

कार्यक्रममा नेपाल औषधि व्यवसायि संघ पर्साका अध्यक्ष ताजुदिन अंसारी ,सिएमए  संघका केन्द्रीय सदस्य  रामदयाल महतो, स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साह, प्रगतीशिल जनस्वास्थ्य महासंघका उपाध्यक्ष सुबास गुप्ता, राष्ट्रिय प्रगतीशिल जनस्वास्थ्य संगठनका पर्सा जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य शिवहरी तिवारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का ,प्रेस चौतारी नेपाल पर्साका सचिव राकेश साह लगायतकाले सम्बोधन गरेको सिएमए संघ पर्साका सहसचिव महम्मद रियाज हुसेनले जानकारी दिए ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जले प्राविधिक सहयोग गरेको छ । कार्यक्रमको सहजीकरण  कार्यक्रम संयोजक राजेन्द्र साहले  गरेका थिए ।

Leave A Reply

Your email address will not be published.