सिटी स्कूल अफ वीरगञ्जमा नि:शुल्क आँखा तथा दाँत जाँच सम्पन्न

51

वीरगञ्ज, जेठ १६

सिटी स्कूल अफ वीरगञ्जको आयोजनामा विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको नि:शुल्क आँखा तथा दाँतको स्वास्थ्य परीक्षण सम्पन्न गरिएको छ।

विद्यालय परिसरमै सम्पन्न उक्त स्वास्थ्य शिविरमा वीरगञ्ज न्यूरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टर प्रा.लि.को प्राविधिक सहयोग रहेको थियो।

स्वास्थ्य परीक्षणमा डा. पृथ्वी चौधरी, डा. निशा सिंह, डा. मौसम गुप्ता, दन्त सहायक सहाना खातुन, आँखाका सहायकहरू सचितानन्द चौधरी र रहिम अन्सारीको टोलीले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरेका थिए।

विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्यहरू सुरेन्द्र साह, मनपुजन दुबेदी, माला साह र सीता साहको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र साहका अनुसार पाँच जना विद्यार्थीमा केही विशेष स्वास्थ्य समस्या देखिएको भए पनि अन्य सबै विद्यार्थीहरूमा सामान्य समस्या मात्र देखिएको छ।

विशेष समस्या देखिएका विद्यार्थीहरूलाई उपचारमा ५०% छुटको व्यवस्था गरिएको डा. निशा सिंहले जानकारी दिइन्।

Leave A Reply

Your email address will not be published.