सीपमूलक तालिममार्फत विद्यार्थीको प्रतिभा उजागर गर्दै बीपीएस +२ कलेज

75

 

बीरगंज, साउन २२

बीरगंज महानगरपालिका–९ स्थित बीपीएस +२ कलेजमा अध्ययनरत कक्षा ११ र १२ का २८ जना छात्राहरूका लागि आयोजित पाँच दिने मेहन्दी तालिम आज सम्पन्न भएको छ। बीपीएस +२ कलेजको आयोजनामा तथा श्री राधेकृष्ण मेहन्दी ट्रेनिङ सेन्टर, बीरगंजको समन्वयमा सम्पन्न उक्त तालिममा छात्राहरूले व्यवहारिक सीप सिक्ने अवसर पाएका हुन्।

तालिममा प्रशिक्षण श्री राधेकृष्ण मेहन्दी ट्रेनिङ सेन्टरकी संचालिका स्वयाता गुप्ताले दिएकी थिइन्। उनले छात्राहरूलाई शिक्षा मात्र पर्याप्त नभई व्यवहारिक ज्ञान पनि अत्यावश्यक रहेको भन्दै यस्ता तालिमहरूले विद्यार्थीहरूको आत्मबल र आत्मनिर्भरता बढाउने बताइन्।

प्रशिक्षक गुप्ताले बीपीएस कलेजलाई धन्यवाद दिँदै अन्य कलेजहरूलाई पनि यस्ता सीपमूलक तालिम आयोजना गर्न आग्रह गरिन्। “यस्ता तालिमले विद्यार्थीहरूको भविष्यमा रोजगारी र आत्मनिर्भर बन्ने क्षमतामा टेवा पुर्‍याउँछ,” उनले भनिन्।

बीपीएस +२ कलेजका संचालक दीपक पटेलका अनुसार कलेजले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक ज्ञानमा पनि सशक्त बनाउन चाहन्छ। “हामी विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी जीवनोपयोगी सीप प्रदान गर्न चाहन्छौं,” उनले भने।

कलेजले भविष्यमा पनि यस्तै किसिमका सीपमूलक तालिमहरू आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.