सेना–जनताको सम्बन्ध मजबुत: पर्सागढीमा विशेष स्वास्थ्य शिविर सम्पन्न

36

वीरगंज, ३० कार्तिक ।

पर्सागढी नगरपालिकामा नेपाली सेनाको नेपाल–नेपाली निति अनुसार विशेष रुपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । २१० वर्षअघि वि.सं. १८७१ पुस १९ गते तत्कालीन ब्रिटिश सेनामाथि प्राप्त ऐतिहासिक विजयी क्षणलाई स्मरण गर्दै पर्सागढीको ऐतिहासिक महत्व झल्किने गरि सोही क्षेत्रमा शिविर आयोजन गरिएको हो ।

स्वास्थ्य सेवा पाउन कठिनाइ भोग्दै आएका स्थानीय बासिन्दालाई लक्षित गरी संचालन गरिएको शिविरमा करिब छ सयभन्दा बढी महिलाहरु, पुरुष तथा वृद्ध–वृद्धाले ओपीडी, अर्थोपेडिक, छाती तथा स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण गराएका हुन । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि निःशुल्क वितरण गरिएको श्री श्रीजंग गण वीरगंजका प्रमुख लोकेन्द्र कार्कीले बताउनु भयो ।

गाउँका अधिकांश नागरिक समयमै स्वास्थ्य सेवा लिन चिकित्सकको सम्पर्कमा पुग्न नसक्ने अवस्थालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको श्री श्रीजंग गण वीरगंजका प्रमुख लोकेन्द्र कार्कीले जानकारी दिनुभयो ।

गणका प्रमुख कार्कीले जनता र सेनाबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा सेवा जिल्ला एवम् गाँउसम्म पु¥याउने उद्देश्यले यस्ता स्वास्थ्य शिविर निरन्तर संचालन गर्दै आएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.