स्रोत नखुलेको रु १३ लाख नगद सहित वीरगंजबाट एक जना पक्राउ
२५,बैशाख, वीरगंज प्रहरीले हुण्डी कारोबारमा सलंग्न एक जनालाई वीरगंज महानगरपालिका वडा नं।१४ गण्डकचोक स्थित सडकखण्डबाट पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउसो ३ बजेको समयमा वीरगंज महानगरपालिकाको वडा नं।२२ जगरनाथपुर निवासी २८ बर्षिय रवि कुमार पटेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगंजबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २(०३(०१० प ६७१९ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा मोटरसाइकलमा सवार पटेलले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको स्रोत नखुलेको नेरु १३ लाख १५ हजार नगद फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
उनको साथबाट नेपाली रु १ हजार दरको नोट ८८९ थान रु ८ लाख ८९ हजार, नेपाली रु ५ सय दरको नोट ८५० थान रु। ४ लाख २५ हजार र नेपाली रु एक सय दरको नोट १० थान रु। एक हजार फेला परेको प्रवक्ता थापाले वताए । साथै उनको साथबाट बिभिन्न बैंकको खाली चेकहरु ७ थान समेत फेला परेको थापाले वताए ।
पक्राउ परेका पटेल विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।