स्वदेशमै रहेर पढ्न पाउनुपर्ने माग राख्दै चिकित्सा शिक्षा विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने पिडित बिधार्थीहरुको सरकारसंग माग

193

 

स्वदेशमै रहेर पढ्न पाउनुपर्ने माग राख्दै चकित्सा शिक्षा विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुले सरकारसंग माग गरेका छन । नेपालमा चिकित्सा शिक्षा गुणस्तरीय रहेको र यसको उदाहरण काउन्सिलको परीक्षामा उत्तिर्ण हुने विद्यार्थीहरुको अनुपातबाट पनि प्रष्ट रहेकोले विद्यार्थीहरु स्वदेशमै रहेर पढ्न पाउनुपर्ने तर्फ विद्यार्थीहरुको माग रहेको छ ।

उनीहरुले भर्ना संख्या वृद्धि गरी कम्तीमा पनि प्रवेश परीक्षा उत्तीर्ण भएका योग्य विद्यार्थीहरुको ५० प्रतिशत विद्यार्थीहरु देशमै पढ्न आवश्यक व्यवस्था यसै शैक्षिक वर्षबाट गर्नुपर्ने माग राखेका छन । चकित्सा शिक्षा विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि चिकित्सा शिक्षा ऐन आउनुपुर्व विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानहरु, आगिंक तथा सम्बन्धन प्राप्त कलेजहरुमा अध्ययन गर्नका लागि छुट्टाछुट्टै प्रवेश परीक्षा संचालन हुनेगरेको थियो ।

चिकित्सा शिक्षा आयोग को स्थापना पश्चात्चिकित्सा शिक्षाका सम्पूर्ण विधाहरुको एकिकृत प्रवेश परीक्षा संचालन गर्ने गरेको विदितै छ । शैक्षिक सत्र २०८१।८२ मा एकिकृत प्रवेश परीक्षाको परीक्षाफल हेर्दा एमबीबीएसमा ७८४७ तथा बिडिएसमा ३४१६ विद्यार्थीहरु उत्तीर्ण भई भर्नाको लागि योग्य भएको समेत पत्र मार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन ।

अघिल्लो वर्षको निर्धारीत सिट संख्या तथा भर्ना संख्यालाई आधार मान्दा एमबीबीएस तर्फ १२९० सिट संख्या तथा बिडिएस तर्फ ५४५ सिट संख्यामा मात्र नेपाली विद्यार्थीहरु भर्ना भएको देखिन्छ । यसरी योग्य विद्यार्थीहरुको संख्याको करीब १६ प्रतिशत विद्यार्थीहरुले मात्र देशमा अध्ययन गर्ने मौका पाउँछन भने बाँकी ८४ प्रतिशत विद्यार्थीहरु पढाईबाट बन्चित हुने वा विदेशिन बाध्य भएको अवस्था रहेको उनीहरुको भनाई छ ।

यसरी प्रत्येक वर्ष अध्ययनका लागि विदेशिने विद्यार्थीहरुको संख्या वार्षिक रुपमा पमा वृद्धि हुँदै गएको अवस्था प्रति ध्यानाकर्षण गराउँदै यस अवस्थाको गम्भिरता पुर्वक मनन् गरी राज्यले आवश्यक कदम अगाडी बढाउन एक क्षणको पनि ढिलाई गर्न नहुने अवस्था आएको तर्फ विनम्रतापूर्वक अनुरोध गर्दछौँ भन्ने पत्रमा लेखिएको छ । नेपालमा चिकित्सा शिक्षा गुणस्तरीय रहेको र यसको उदाहरण काउन्सिलको परीक्षामा उत्तिर्ण हुने विद्यार्थीहरुको अनुपातबाट पनि प्रष्ट रहेकोले विद्यार्थीहरुको भनाई छ ।

Leave A Reply

Your email address will not be published.