हरन छापमा मत दिए कायापलट गर्छु : जनमत पार्टी उम्मेदवार सरार्फ

38

माघ १० गते, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जनमत पार्टीको चुनावी कार्यक्रम आज वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ अन्तर्गत नगवा दक्षिण टोलमा सम्पन्न भएको छ। कार्यक्रममा जनमत पार्टीका युवा उम्मेदवार ओमप्रकाश सरार्फलाई स्थानीयवासीहरूले स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सरार्फले नगवा तथा वडा नम्बर–१६ लाई विगतमा नेताहरूले भोट बैंकका रूपमा मात्र प्रयोग गरेको आरोप लगाउनुभयो। उहाँले नगवा र इनरवाजस्ता क्षेत्रहरूलाई विभेदमा पार्दै अन्याय गरिएको जिकिर गर्दै अब त्यसको अन्त्य गर्ने समय आएको बताउनुभयो।

सरार्फले आफ्नो चुनाव चिन्ह हरन छापमा मतदान गरी निर्वाचित गराएमा वडा नम्बर–१६ को समग्र विकास र कायापलट गर्ने दृढ संकल्प व्यक्त गर्नुभयो। आफू राजनीतिसँगै सामाजिक गतिविधिमा निरन्तर सक्रिय युवा रहेको उल्लेख गर्दै युवाहरूको उत्थान र अवसर सिर्जनाका लागि सधैं संघर्षरत रहेको बताउनुभयो। उहाँले जनमत पार्टी वर्तमान पुस्ता, विशेषगरी जेन्जी पुस्ताको आशा र आवाज भएको दाबी पनि गर्नुभयो।

चुनावी माहोल तातिँदै जाँदा अन्य उम्मेदवारहरू अलमलमा परेको अवस्थामा समेत उम्मेदवार सरार्फ निरन्तर घरदैलो अभियान तथा निर्वाचन लक्षित कार्यक्रममा सक्रिय देखिएको स्थानीयहरूको भनाइ छ।

जनमत पार्टीका बुथ इन्चार्ज किरण चौर्सियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी नेता विध्यालाल प्रसाद, निराजन कुशवाहा, भुपेन्द्र साह, सत्युह साह, सहनवाज राकीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.