हरपतगंज–२० मा अनिल रुङ्टाको घरदैलो: कांग्रेसको बलियो जनसमर्थन देखियो
क्षेत्र नं. १ मा चुनावी माहोल तात्दै गएको बेला वीरगञ्ज महानगरपालिका–२० हरपतगंज अपौनीमा सम्पन्न घरदैलो कार्यक्रमले विशेष चर्चा पाएको छ। नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङ्टाको उपस्थितिले स्थानीय बासिन्दामा उत्साह देखिएको थियो।
घरदैलोका क्रममा रुङ्टाले मतदातासँग आत्मीय भेटघाट गर्दै समावेशी विकास, पारदर्शी नेतृत्व र परिणाममुखी कार्यशैलीप्रति प्रतिबद्धता जनाए। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी सिर्जना र सामाजिक सद्भावलाई प्राथमिकतामा राख्दै पर्सा क्षेत्र नं. १ लाई नमुना क्षेत्र बनाउने स्पष्ट योजना उनले प्रस्तुत गरे। जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै उनले राजनीति सेवा र समर्पणका लागि हुनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, नेपाल महिला संघ पर्साकी किरण शर्मा, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ र तरुण दलका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले आगामी निर्वाचनमा ‘रुख’ छापमा मतदान गरी अनिल रुङ्टालाई विजयी बनाउन आह्वान गर्दै क्षेत्रभर कांग्रेसको पक्षमा बलियो जनसमर्थन देखिएको दाबी गरेका छन्।