‘हर घर कमल’ नारासहित विकास र हिन्दू राष्ट्रको एजेण्डा अघि सार्दै पटेलको घरदैलो
वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका वडा नं. १९ बर्वामा कोणसभा सम्पन्न गरिएको छ। साथै बहुवरी तथा पर्सागढी नगरपालिकाअन्तर्गत बाग्वाना, गोडपसरा, बढेरवा र बर्वा छटैलीमा जनजागरण कार्यक्रम तथा स्थानीय अगुवाहरूसँग भेटघाट गरिएको छ।
कार्यक्रममा उम्मेदवार सन्तोष पटेलले “एक भोट राष्ट्रका लागि, हर हर कमल घर–घर कमल” नारासहित नेपाल जनता पार्टीको कमल छापमा मत दिन आग्रह गरेका छन्। उनले युवा, महिला र विद्यार्थीलाई उच्च सम्मान, आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापना आफ्नो मुख्य एजेन्डा रहेको बताए।
त्यसैगरी भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्यमा सुधार, सुशासन, विकास र सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। किसानलाई उच्च प्राथमिकता, खेलकुद क्षेत्रको प्रवर्द्धन, मेडिकल कलेज स्थापना, क्रिकेट स्टेडियम निर्माण तथा रामायण सर्किट निर्माणमार्फत क्षेत्रीय समृद्धि र रोजगारी सिर्जना गर्ने योजना समेत उनले प्रस्तुत गरे।
उम्मेदवार पटेलले स्वाभिमान रक्षा र परिवर्तनका लागि मतदातासँग साथ, सहयोग र आशीर्वादको अपिल गरेका छन्।