होलीपर्वको अवसरमा वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा निस्शुल्क कपडा वितरण एवं होलिको शुभकामना आदानप्रदान

558

 

१० चैत्र वीरगन्ज । होलि पर्वको शुभ उपलक्षयमा शुभकामना आदानप्रदान सहित वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा निस्शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०।३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज (८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले होलि पर्वको अवसरमा बिहिवार वीरगन्जको घण्टाघरमा नया ६० थान होलिको टिसर्ट थान गरि करिब ९ सय थान कपड़ा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताउनु भयो ।
सो अवसरमा प्रमुख अतिथी समाजसेवी अधिवक्ता कुर्मिले मानविय सेवाको कार्यहरुमा हामी सबैले आफ्नो आम्दानिको ५ प्रतिशत रकम दिन दुखी असहायको सेवा सहयोगमा दान सहयोग गर्नु पर्दछ जस्ले गर्दा मानवता बलियो हुन्छ किनभने मानवको सेवा नै सर्वोत्तम धर्म हो बताउदै होलि पर्व हर्षोउल्लास आपसी एअकता भाइचारा बलियो बनाउने पर्व रहेकोले होलिको मर्म अनुरुप मनाउन आग्रह गर्दै सम्पुर्णलाई बधाइ शुभकामना ब्यक्त गरेका थिए ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षता एवं संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अतिथिहरु नेपाली काङ्ग्रेसका नेता समाजसेवी प्रकाश उपाध्याय ,मधेश बिश्वविधालय का प्रध्यापक डा। हरेराम ठाकुर,वडा ९ का वडासदस्य राम प्रसाद चौहान,मजदुर नेता दिलिप शर्मा बराल,समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपुत,अभिभावक संघ पर्साका अध्यक्ष सन्दिप साह र सदस्य धिरेन्द्र तिवारी,घण्टाघर प्रहरी पोष्टका प्रमुख असई कृष्ण नन्दन ठाकुर , रेडक्रसका श्रवण बहादुर रायमाझी, ज्ञानेन्द्र सिंह , बैंकका सल्लाहकार जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सराफ,सदस्यहरु राजेश श्रीवास्तव,शोभा देवी,सन्जय साह,राहुल सिंह राजपुत , पत्रकारहरु प्रेस युनियन पर्साका पुर्वसचिव किशोर सिंह ,थारु पत्रकार पर्सका अध्यक्ष शम्भु महतो संजय दास थारु लगायत को सहभागिता रहेकों सचिव कन्हैया पटेलले बताए ।
सो अवसरमा अध्यक्ष सिंहले मानवैय सेवामा कार्यरत बैकलाइ सहयोग गर्ने सम्पुर्ण दाता, सुभेच्छुक, सन्चारकर्मी, सल्लाहकार ,पदाधिकारी सदस्यहरुलाइ हार्दिक आभार धन्यवाद प्रकट गर्दै होलि पर्वको बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.