१३ लाख नौ हजार नेपाली नक्कली नोटसहित चार जना पक्राउ

357

जेठ १६, वीरगञ्ज । प्रहरीले बाराबाट तेह« लाख नौ हजार नेपाली नक्कली नोटसहित एक भारतीय गरि चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा कोल्हवी नगरपालिका–६ बस्ने २५ बर्षिय राजन चौधरी सोही नगरपालिका वडा नम्बर ५ बस्ने १९ बर्षिय आकाश चौधरी,रौतहट, राजपुर नगरपालिका–१ बस्ने१९ बर्षिय मोहन कुमार साह र भारत, बिहार राज्य, जिल्ला मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा वडा नं.७ बस्ने ४० बर्षिय महमद आलम रहेका छन ।

प्रहरीले सिम्रौनगढ नगरपालिका–९ सानो बसवरीयाबाट चारैजनालाई पक्राउ गरेको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.