।
असार ,२४ विरगञ्ज । पर्सा प्रहरीले १ करोड ८९ लाख बराबरको हार्डवेयर लगायतका सामान सहित २ वाट ट्रक निन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले १ करोड ८९ लाख ५० हजार ६ सय २२ रुपैयाँ बराबरको मालसामान नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगपालिका वडा नं २५ I.C.P गेट स्थित सडकखण्डबाट ना.६ ख ४०५८ र ना.३ ख १८७ नम्बरको ट्रकमा हार्डवेयर तथा मोटरपार्टसका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दीपक भारतीले बताउनु भयो ।
उनका अनुसार नियन्त्रणमा लिएको सामान सहीत ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको भारतीले बताए ।