जेठ २२ वीरगञ्ज । बारा प्रहरीले २३ लाख भन्दा बढिको अवैध समान सहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ पथलैया चोकबाट ना ३ ख ७९१९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगञ्जबाट चितव तर्फ जादै गरेको ट्रक विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराको खटिएको ईकाइ प्रहरी टोलिले २३ लाख ८५ हजार ४ सय ६१ रुपैया बराबरको खुद्रा सामान भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नयाव निरिक्षक बिरेन्द्रराज गुरुङ्गले बताए ।
उनका अनुसार नियन्त्रणमा लिएको समान सहित ट्रक आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाईएको बताए ।