२५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा पर्सामा नि:शुल्क आँखा शिविर सम्पन्न

40

वीरगञ्ज, पर्सा । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साद्वारा २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको छ।

आज  बिहान ११:१० बजे, वीरगञ्ज महानगरपालिका–१ छप्कैया स्थित श्री बविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत सीमावासी समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले आँखा शिविर आयोजना गरिएको हो।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, वीरगञ्ज सामुदायिक आँखा अस्पताल तथा लक्ष्मी सनराइज बैंक वीरगञ्जको सहकार्यमा आयोजित शिविरमा नं. १३ गण हेड क्वार्टर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यता रहेको थियो। साथै सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्जका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी, वीरगञ्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेश सिंह धामी तथा लक्ष्मी सनराइज बैंक वीरगञ्जकी शाखा प्रबन्धक रोहिणी आचार्य लगायतको उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार शिविरमा स्थानीय ७८ जना नागरिकको आँखा परीक्षण तथा उपचार गरिएको थियो।

शिविरमार्फत सीमावासी समुदायलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्य सफल भएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.