२५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा लुम्विनीस्थीत मायादेवी मन्दिर परिसरमा बिशेष पूजाअर्चना

356

जेठ १०, वीरगञ्ज । २५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा लुम्विनीस्थीत मायादेवी मन्दिर परिसरमा बिशेष पूजाअर्चना गरिएको छ ।

बुद्ध जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस’ मनाउनुका साथै बिशेष पूजाअर्चना गरिएको हो । त्यस्तै मायादेवी मन्दिर परिसरमा बुद्धसंग सम्बन्धीत फोटो प्रदर्शनी गरिएको थियो भने लुम्बिनी क्षेत्र विकास कोषले ¥यालीको समेत आयोजना गरेको थियो ।

बुद्ध जयन्तीका अवससरमा नेपालका साथै भारत, श्रीलंका, म्यानमार, थाइल्याण्ड लगाएतका देशबाट पर्यटक तथा भक्तजनहरु लुम्विनीमा पुगेका छन् ।

उहाले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्धदर्शनको उद्गमस्थल भएको धारणा राख्नुभयो । नेपाल सरकारले सन् २००४ मा दोश्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो शिखर सम्मेलन छिटै आयोजना गरिने व्यहोरासमेत जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.