४ असार,वीरगञ्ज । पर्सा प्रहरीले २ करोड भन्दा बढीको मालसामान सहित तीनवटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. २५ एकीकृत भन्सार जाँचा चौकी आइसीपी गेटका सडकखण्डबाट तीनवटा ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले २ करोड २९ लाख ३९ हजार ६५७ रुपैंया मूल्य बराबरको सामान सहित तीन वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको थियो । सोमबमार बेलुकी ०९ः १५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ना.३ ख ६९०५, ना.३ ख ५१६७ र ना.३ ख २६२० नम्बरको ट्रकहरूमा शंका लागेर जाँच गर्दा हार्डवेयर, कपडा तथा खुद्रा सामानहरू फेला परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी बताए ।
उहाँका अनुसार नियन्त्रणमा लिएको सामान सहित ट्रक आवश्यक कारवाहीको राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रवक्त भारतीले बताउनुभयो ।