२ केजी ६ सय ५४ ग्राम अवैध लागू औषध कोकिन सहित तीन जना विदेशी महिलालाई पक्राउ

351

जेठ ३, वीरगञ्ज । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले २ केजी ६ सय ५४ ग्राम अवैध लागू औषध कोकिन सहित तीन जना विदेशी महिलालाई पक्राउ गरेको छ ।

व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्दाजी रु ७ करोड ९६ लाख रुपैया बराबरको कोकिन सहित दुई जना युगान्डा र एक जना भारतीय महिलालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

यहि बैंशाख ३० गते काठमाडौको सिनामंगल क्षेत्रबाट युगान्डाकी नागरिक केभिना मुगालालाई पक्राउ गरि खानतलासी गर्ने क्रममा पेटभित्र केहि बस्तुहुन सक्ने भन्दै स्वास्थ्य परिक्षण गर्न अस्पताल पठाइएको थियो । सो क्रममा उनले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार पद्दतीबाट निकालिएको प्रहरीले जनाएको छ ।

उक्त क्याप्सुलको तौल १ किलो २६० ग्राम रहेको व्युरोका प्रहरी बरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी बताउनु भयो । त्यस्तै जेठ २ गते ठमेल धोविचौरस्थीत एक होटलमा शंकास्पद रुपमा बसेकी युगान्डाकी लिल्यिान सुसानको सुटकेशमा लुकाई राखेको अवस्थामा ६३ वटा कोकिनका क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।

उक्त कोकनि लिन जाने भारतीय नागरिक डेजवानी पाललाई पनि सोहि होटलबाट पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.